Kathmandu Press

कांग्रेस प्रदेश समन्वय विभागको पहिलो बैठकका पाँच निर्णय

मुलुकको राजनीतिक अवस्थाको विश्लेषण नेपाली कांग्रेसको संगठनको समीक्षा र पार्टीलाई बलियो बनाउन खेल्नु पर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।
कांग्रेस प्रदेश समन्वय विभागको पहिलो बैठकका पाँच निर्णय

काठमाडौं, फागुन १४  : नेपाली कांग्रेसको प्रदेश समन्वय समितिको पहिलो बैठकले पाँच निर्णय गरेको छ।

कांग्रे केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बसेको विभागको मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको हो।

बैठकमा विभागका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले देहायका विषयमा छलफल तथा निर्णय गरेको छ।

मुलुकको राजनीतिक अवस्थाको विश्लेषण नेपाली कांग्रेसको संगठनको समीक्षा र पार्टीलाई बलियो बनाउन खेल्नु पर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।

बैठकले विभाग गठन गरी जिम्मेवारी प्रदान भएकोमा पार्टी सभापति शेरबहादुर देउवा तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ।

त्यस्तै प्रदेश समन्वय विभागको काम कर्तव्य र अधिकार तथा आगामी दिनमा विभागले खेल्नु पर्ने भूमिकाका सम्बन्धमा छलफल गरी सबैमा प्रष्टता तथा एकरुपता कायम गरिएको छ।

बैठकले संघीयतालाई सुदृण गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनु पर्ने भएकाले देशभरका प्रदेश सरकारले गरेका कामहरुको समीक्षा गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रदेश सरकारलाई थप प्रभावकारी बनाउनका लागि गर्नु पर्ने सुधार पहिचान गर्नका लागि प्रदेशहरुका छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निचोड पार्टी समक्ष पेश गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसको प्रदेश संरचनाहरुलाई मजबुद बनाउन संघ प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध विकास गर्न तथा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका बीचको सम्बन्धलाई थप कसिलो बनाउन के कस्ता सुधार गर्नु पर्ने हुन्छ सो पहिचान गरी नेपाली कांग्रेसलाई सुझाव दिन प्रदेश पार्टी संरचना र जनप्रतिनिधिहरुसंग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, फागुन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्