Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तविच भेटवार्ता

दुईपक्षीय भेटवार्तामा नेपालको मानवअधिकार परिषदमा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७–२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल भएको जानकारी मन्त्री राणाले सामाजिक सञ्जालमार्फ दिएकी छन्।
परराष्ट्रमन्त्री डा. राणा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तविच भेटवार्ता

काठमाडौं, फागुन १४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विहीबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन्।

मन्त्री राणा मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभामा छन्।

दुईपक्षीय भेटवार्तामा नेपालको मानवअधिकार परिषदमा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७–२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल भएको जानकारी मन्त्री राणाले सामाजिक सञ्जालमार्फ दिएकी छन्।

यसैगरी, भेटवार्तामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व तथा विकासका विषयमा समेत विचार आदान–प्रदान भएको छ । परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।
 
प्रकाशित मिति: १५:२३ बजे, बुधबार, फागुन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्