Kathmandu Press

म्याग्दीमा भ्यान दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा भ्यानका चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचनको मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याग्दीमा भ्यान दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी, फागुन १४ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना भएको छ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण–३, सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

भ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा भ्यानका चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। घाइतेहुनेमा रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकी छन्। उनीहरू उपचारका लागि पोखरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। 

भ्यान यात्रु बोकेर नारच्याङमा रहेको शिव मन्दिर जाँदै थियो। 

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, फागुन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्