Kathmandu Press

स्याङ्जामा भ्यान दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जामा भ्यान दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

स्याङ्जा, फागुन १४ : स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। 

गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो। भ्यानमा चालकसहित चार जना सवार थिए। 

सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, फागुन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्