Kathmandu Press

लकडाउनको उपयोग : हावाबाट बिजुली

म्याग्दी, वैशाख १७ : तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निका....

लकडाउनको उपयोग : हावाबाट बिजुली

म्याग्दी, वैशाख १७ : तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकालेका छन्।

जिल्ला सदरमुकाम बेनीको बैंकरोडका श्रेष्ठले तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन गरेका हुन्। श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक हुन्।

Hardik ivf

“सधैँ हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ”, श्रेष्ठले भने। उनले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताए। हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले पर्यटकीयस्थल लभ्लीहिलमा लगेर जडान गर्ने उनको योजना छ।

चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्वाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताए। 

उनले बेनीमा कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न संघसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गरेका छन्।

साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उनको सोचाइ छ। यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उनको योजना छ। 

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्