Kathmandu Press

कांग्रेस अत्यन्त संवेदनशील र चलायमान पार्टी हो : शशाङ्क कोइराला

नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलयमान पार्टी भएको दाबी गरेका छन् ।
कांग्रेस अत्यन्त संवेदनशील र चलायमान पार्टी हो : शशाङ्क कोइराला

काठमाडौं, फागुन १३ : नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलयमान पार्टी भएको दाबी गरेका छन्।

स्व. नेता महेन्द्रनारायण निधिको १०४ औं जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन्।

देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाइल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए।

यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरुलाई सुझाव दिए।

नेता कोइरालाले केन्द्रिय कार्यसमितिमा ४० वर्ष भन्दा मुनिका कोहि पनि नरहेका गुनासो गरे।

उनले युवाहरुलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।

उनले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको यस भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताए। उनले स्थानीय वस्तुको ब्राण्डिङ गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: २१:०७ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्