Kathmandu Press

८४ को चुनावअघि नै कांग्रेसले पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा 

‘नेपाली कांग्रेसको महाधिवेशन ०८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो। त्यो भावनाको म रेस्पेक्ट गर्छु, तर त्यस्तो हुँदैन। चुनावअघि नै पार्टीले नयाँ नेतृत्व पाउँछ, ’ महामन्त्री शर्माले भने।
८४ को चुनावअघि नै कांग्रेसले पार्टीमा नयाँ नेतृत्व आउँछ : महामन्त्री शर्मा 

सुनसरी, फागुन १३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४को चुनावअघि नै पार्टीले नयाँ नेतृत्व पाउने बताएका छन्। 

सोमबार इटहरमिा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले ०८४ को आमनिर्वाचनअघि नै कांग्रेसको महाअधिवेशन सम्पन्न हुने बताए।

कांग्रेसमा ०८४को चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ०८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने बताए।

‘नेपाली कांग्रेसको महाधिवेशन ०८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो। त्यो भावनाको म रेस्पेक्ट गर्छु, तर त्यस्तो हुँदैन। चुनावअघि नै पार्टीले नयाँ नेतृत्व पाउँछ,’ महामन्त्री शर्माले भने।

निर्धारित समयभित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित बनाउन आग्ह गर्दै उनले त्यसपछि मात्र महाधिवेशनको ढोका खुल्ने बताए। उनले महाधिवेशनका लागि सबैलाई तयार रहन पनि आग्रह गरे।
 

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्