Kathmandu Press

ललितपुरको इमाडोलमा आगलागी

ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ।
ललितपुरको इमाडोलमा आगलागी

ललितपुर, फागुन १३ : ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो।

'प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ,' उनले भने। 

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्