Kathmandu Press

जनकपुरधाममा माछा मासु, मादक पदार्थ विक्री तथा सेवनमा निषेध

निषेध गरिएको क्षेत्रहरुमा हनुमान गढी, रामपुर, सिक्स लाईन, बाबा पेट्रोल पम्प, भूतही पोखरीलगायत रहेका छन् ।
जनकपुरधाममा माछा मासु, मादक पदार्थ विक्री तथा सेवनमा निषेध

जनकपुर, फागुन १३ : जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा माछा, मासु र मादक पदार्थ विक्रि वितरण तथा सेवन निषेध गरेको छ ।

मंगलबारदेखि सुरु हुन लागेको १५ दिने मिथिला माध्यमिकी परिक्रमालाई मध्येनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै परिक्रमा निस्किने क्षेत्रहरुमा फागुन १५ गते माछा, मासु र मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाएको छ।

Hardik ivf

निषेध गरिएको क्षेत्रहरुमा हनुमान गढी, रामपुर, सिक्स लाईन, बाबा पेट्रोल पम्प, भूतही पोखरीलगायत रहेका छन् ।

फागुनको औँशीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन्।

प्रकाशित मिति: १९:५५ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्