Kathmandu Press

भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा 

भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपाल आएका छन्। 
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा 

काठमाडौं, फागुन १३ : भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपाल आएका छन्। 

नेपाली सेनाको निमन्त्रणामा मंगलबार भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष एकसाथ नेपाल आएका हुन्।

उनीहरु बुधबार आयोजना हुने महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छन्। 

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्ष जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.), दलवीर सिंह सुहाग (अ.प्रा.), मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) नेपाल भ्रमणमा आएका हुन्।

उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। 

 

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्