Kathmandu Press

कलंकीको एउटा घरमा अचेत भेटिएका बागमती प्रदेशमन्त्रीका स्वकीय सचिवको मृत्यु  

कलंकीको एउटा घरमा अचेत भेटिएका बागमती प्रदेशमन्त्रीका स्वकीय सचिवको मृत्यु  
फाइल तस्वीर।

काठमाडौं, फागुन १२ : बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ।

मंगलबार कलंलकी एउटा घरको कोठामा अचेत भेटिएका ३६ वर्षीय थापाको कलंकीकै शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थापा धादिङको धुनीवेशी नगरपालिका-८ का हुन्।

उनी कलंकीमा यादव गौतमको साढे २ तले घरमा डेरा गरी बसेका शिव कुँवरकहाँ पुगेका थिए। डेरामा कोही नभएको अवस्थामा सुतिरहेका उनी पछि अचेत भेटिएका थिए।

त्यसपछि अस्पताल पुर्‍याइएको थियो। उनले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ।

प्रहरीका अनुसार उनी अचेत भेटिएको ठाउँमा सुसाइड नोट पनि फेला परेको छ।

सुसाइड नोटमा पारिवारिकदेखि साथीभाइले विश्वास नगरेको र एउटा सहकारीको विषय पनि उल्लेख रहेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्