Kathmandu Press

नवलपरासी झडपमा १५ प्रहरी घाइते 

दुई समूहबीच मंगलबार ढुंगाहानाहान भएपछि प्रहरीले नियन्त्रण गर्नेक्रममा झडप हुँदा ठूलो संख्यामा प्रहरी घाइते भएका हुन्। झडपमा ११ जना नेपाल प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।
नवलपरासी झडपमा १५ प्रहरी घाइते 

नवलपरासी, फागुन १३ : नवलपरासीमा मंगलबार दुई समुदायविच भएको झडपमा नेपाल प्रहरी र सशस्त्र गरी १५ प्रहरी घाइते भएका छन्। झडपमा घाइते एक प्रहरीको अवस्था गम्भीर रहेको छ। 

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए। त्यो बेला मिलापत्र भएपनि घटना मत्थर भएको थियो। 

Hardik ivf

तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेपछि दुई पक्षबीच विवाद चर्किएर झडप भएको हो। 

दुई समूहबीच मंगलबार ढुंगाहानाहान भएपछि प्रहरीले नियन्त्रण गर्नेक्रममा झडप हुँदा ठूलो संख्यामा प्रहरी घाइते भएका हुन्। झडपमा ११ जना नेपाल प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।

झडप नियन्त्रणका लागि पुगेको इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आक्रोशित समूहले आगजनी गरेका थिए। 

झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको छ। अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्