बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा सपथ ग्रहण
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिए।-1740482647.jpg)
काठमाडौं, फागुन १३ : नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन्।
उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
