Kathmandu Press

उर्जामन्त्री खड्काले फेरि सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण

मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै अर्कोपल्ट स्पष्टीकरण सोधेका हुन्। 
उर्जामन्त्री खड्काले फेरि सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, फागुन १३ : ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका छन्। 

मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै अर्कोपल्ट स्पष्टीकरण सोधेका हुन्। 

घिसिङलाई आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषयमा स्पष्टीकरण सोधिएको हो। घिसिङसँग आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि स्पष्टीकरण मागिएको छ। 

यसअघि घिसिङलाई गत पुस २२ गते पनि ९ बुँदे स्पष्टीकरण सोधिएको थियो। घिसिङले बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको भन्दै पुनः अर्कोपल्ट २४ घण्टे स्पष्टीकरण सोधिएको हो। 
 
प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्