Kathmandu Press

औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली 

अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताए । शिक्षा खेलवाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतीको लागि व्यविस्थत कदम चाल्नुपर्ने बताए। 
औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली 

काठमाडौं, फागुन १३ : प्रधानमन्त्री केपी ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन्। 

मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् भन्ने बाहाना बनाइएको बताएका हुन्।

Hardik ivf

‘औषधि विज्ञानलाई कमाई खाने भाडो बनाइयो त्यसलाई प्रचारको विषय बनाइएन। त्यसैले आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् मात्रा मिलेन भने तल माथि पर्न सक्छ भन्ने बाहाना बनाइयो,’ उनले भने, ‘यो गोप्य राखियो र आफ्ना सन्तानले कमाएर खाउन भनेर सन्तानलाई मात्रै सिकाउने र वैद्यको छोरालाई मात्र वैद्य बनाउने, यस प्रकारको चलन चल्यो जसले गर्दा हामी सन्तानमा खुम्चिऔं।’

अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताए । शिक्षा खेलवाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतीको लागि व्यविस्थत कदम चाल्नुपर्ने बताए। 

‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको  । अनि सरकारले केही गरेन भन्ने ? सरकारले धेरैलाई किन पढाउन सकेन सिमित किन गर्नुपर्याे भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरे वापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नसक्ने कुराहरु भन्दा सक्ने कुराहरु आफै तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ। हामीले सन्तुलन ढंगबाट जानुपर्छ। शिक्षा खेलवाड गर्ने थलो होइन। त्यसको उन्नतीको लागि व्यस्थित कदम चाल्नुपर्छ।’

प्रधानमन्त्री ओलीले सरकारले अन्दाधन्दा नभई सोच विचार गरेर देशको पक्षमा, जनतालाई सवल बनाएर अगाडि बढाउने पक्षमा काम गर्ने दाबी गरे। 
 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्