Kathmandu Press

सेनाका उपरथी अधिकारीको पदावधि ६ महिना थप 

नेपाली सेनाको सिफारिसमा रक्षा मन्त्रालयले गरेको प्रस्ताव अनुसार ६ महिना सेवा अवधि थप गर्ने निर्णय गरेको हो। 
सेनाका उपरथी अधिकारीको पदावधि ६ महिना थप 

काठमाडौं, फागुन १३ : मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको छ। 

नेपाली सेनाको सिफारिसमा रक्षा मन्त्रालयले गरेको प्रस्ताव अनुसार ६ महिना सेवा अवधि थप गर्ने निर्णय गरेको हो। 

सैनिक ऐन २०६३ को दफा १७ ९३० मा लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकार समक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले पदावधि थप गर्न सक्ने उल्लेख छ।

ऐनको उक्त प्रावधान अनुसार प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा पदावधि थप गरिएको हो। सेनाको उपरथीको ५७ वर्षे उमेर हद छ। 

अधिकारी २०६९ चैतमा महासेनानी र २०७५ भदौमा सहायक रथीमा बढुवा भएका थिए। अधिकारी हाल सैनिक मुख्यालयको युद्ध कार्य विभागको प्रमुख छन्।
 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्