Kathmandu Press

जेष्ठ नागरिकलाई वडाले घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनुपर्छ : सांसद खतिवडा

मंगलबार प्रतिनिधिसभा बैठकम बोल्दै सांसद खतिवाडाले जेष्ठ नागरिकहहरुलाई घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। 
जेष्ठ नागरिकलाई वडाले घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनुपर्छ : सांसद खतिवडा
फाइल तस्बिर।

काठमाडौं, फागुन १३ : प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई वडा कार्यालयहरुले घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनु पर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकम बोल्दै सांसद खतिवाडाले जेष्ठ नागरिकहहरुलाई घरमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। 

उनले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने पनि बताए।

‘जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन हुँदैन,’ उनले भने, ‘पालिकाहरूबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न म सरकारसँग माग गर्दछु।’

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्