संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ : सांसद शर्मा
उनले प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र नभई सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सत्ता रुढ पार्टीका सांसदले नदिने गरेको भन्दै यस्तो क्रियाकपाल अन्त्य हुनुपर्ने बताइन्।
काठमाडौं, फागुन १३ : नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको बताएकी छिन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र नभई सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सत्ता रुढ पार्टीका सांसदले नदिने गरेको भन्दै यस्तो क्रियाकपाल अन्त्य हुनुपर्ने बताइन्।
‘हामीले देखिरहेका छौं। संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ। संसदीय समितिबाट पारित विधेयक मन्त्रीबाट संशोधन हुन्छ। संसदमा विचाराधिन विधेयक फिर्ता समेत नलिएर अध्यादेश जारी हुन्छ। मन्त्रीका होटलमा समितिका बैठक आयोजना गरिन्छ,’ उनले भने, ‘प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होईन, सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सरकारले होईन सत्ता रुढ पार्टीका सांसदले दिनुहुन्छ।’
लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नेले कहिल्यै जित्न पनि नसक्ने उनको भनाई छ।











