Kathmandu Press

‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन’

‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौं, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौं,’ दाहालले भने। 
‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन’

मोरङ, फागुन १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन्।

मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे। उनले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गरे। 

‘माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ’, उलने भने। उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उनले बताए। 

Hardik ivf

‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौं, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौं,’ दाहालले भने। 

अहिले गठबन्धनमा रहेका दलहरू उत्पीडितहरूले पाएको अधिकार खोस्ने धुनमा रहेका प्रचण्डले बताए। अहिलेका सत्तारुढ दलहरू यो संविधान मिचेर, संसद् विगठन गरेर नागरिकका अधिकार खोस्ने प्रयत्नमा रहेका दाहालले बताए। संविधान संशोधनको नाममा पनि सोही षडयन्त्र भएको उनको आरोप छ। 

माओवादीको तागतमा नै अहिलेको व्यवस्था आएको दबी गर्दै अध्यक्ष दाहालले गणतन्त्र ल्याउन संयोजनको काम माओवादी केन्द्रले नै गरेको उल्लेख गरे।

बुर्जुवाहरूका कुरा पत्याउँदा माओवादी पनि ठाउँ ठाउँमा फसेको उनले बताए। माओवादी पनि चिप्लिएको बताउँदै दाहालले अब माओवादी जनता केन्द्रित भएर जनताको मुद्दामा लाग्ने दाहालले प्रतिबद्धता व्यक्त गरे। 

‘जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन, सोचेको भन्दा बढी जनताले माया गरेकाले हामी उम्लियौँ,’ उनले भने। 

अहिलेको संविधान माओवादीकै कारण बनेको दाहालले बताए। एमाले अध्यक्ष केपी ओली त संघीय गणतान्त्रिक संविधान कै पक्षमा नरहेको उनले दाबी गरे। संविधान माओवादीको एजेण्डा भएकोले त्यसलाई स्विकार्न बाध्य भएका उनले बताए। 

माओवादीले गणतन्त्रको आँधीबेहरी ल्याएको कारण केपी ओली गणतन्त्र मान्न बाध्य भएको उनले बताए। ‘उहाँ गणतन्त्र मान्न तयार नै हुनुहुन्नथ्यो,’ दाहालले भने। 

कांग्रेस एमाले जस्ता पार्टी यो संविधानको संरक्षणको पक्षमा नरहेका दाहालले बताए। अहिलेको सरकार आफूले चलाएको भ्रष्टाचार विरुद्धको अभियान रोक्न बनेको दाहालले दाबी गरे। 

देश दुर्घटनामा पर्न लागेको बताउँदै उनले आजको दिनमा माओवादी बाहेक कसैले देशको रक्षा गर्न नसक्ने बताए। उनले आफूहरूलाई भरोसा गर्न जनतामा आग्रह गरे।

दाहालले पाथीभराको मुद्दा धार्मिक र सांस्कृतिक भावनाको मुद्दा भएकोले त्यसलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताए। उनले सो घटनामा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरे। 

पाथीभराको केबुलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केबुलकार बनाउने सोचमा लागेको उनले बताए। यसमा सरकारले नसुने माओवादी आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।
 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्