Kathmandu Press

मन्त्रिपरिषदका निर्णय सार्वजनिक 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन्। 
मन्त्रिपरिषदका निर्णय सार्वजनिक 

काठमाडौं, फागुन १३ : मन्त्रिपरिषदले सोमबार गरेको बैठकको निर्णय सार्वजनिक गरिएको छ। 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन्। 

मन्त्रिपरिषद्ले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको जनाइएको छ।

मन्त्रिपरिषदको निर्णय अनुसार नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एकजना महासेनानी, २ जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्नेलगायत विभिन्न १५ निर्णय भएको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्