Kathmandu Press

राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ पक्षमा नेपालको मत 

रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ राष्ट्रले मतदान गरेका छन्। 
राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ पक्षमा नेपालको मत 

काठमाडौं, फागुन १३ : नेपालले संयुक्त राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्छ’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ। मतदानकाक्रममा नेपाल युक्रनको पक्षमा उभिएको हो।

रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ राष्ट्रले मतदान गरेका छन्। 

मतदानकाक्रममा ६५ देश भने भाग नलिई तटस्थ बसे। यूएनमा बहुमत सदस्यले ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव अनुमोदन भएको छ। 

प्रस्तावको पक्षमा जर्मनी, बेलायत, फ्रान्स लगायत राष्ट्र छन्। भारत र चीनले भने मतदानमा भाग लिएनन्। मतदानकाक्रममा अमेरिका, इजरायल, हंगरीलगायत देशले प्रस्तावको विपक्षमा उभिए। 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्