Kathmandu Press

नवलपरासी पश्चिम तनावग्रस्त, स्थानीय दुई समूहबीचको झडप

सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको विषयलाई लिएर बिहान झडप भएको हो। स्थानीयले प्रहरीको गाडी पनि जलाएको बताइएको छ। 
नवलपरासी पश्चिम तनावग्रस्त, स्थानीय दुई समूहबीचको झडप

नपलपरासी, फागुन १३ : स्थानीय दुई समूहबीचको झडपले नवलपरासी पश्चिमको पाल्हिनन्दन–३, बेलासपुर गाउँ तनावग्रस्त बनेको छ।

आज बिहान ९ बजेबाट सुरू भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइतेका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ।

Hardik ivf

सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको विषयलाई लिएर बिहान झडप भएको हो। स्थानीयले प्रहरीको गाडी पनि जलाएको बताइएको छ। 

झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट ५० जना प्रहरी पठाइएको छ।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए। त्यो बेला मिलापत्र भएपनि घटना मत्थर भएको थियो। 

तुर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेपछि दुई पक्षबीच विवाद चर्किएर झडप भएको हो । 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्