शिवधुनीमा धुमिल पशुपतिनाथ क्षेत्र (दश तस्बिर)
काठमाडौं, फागुन २० : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्र रंगीन बनेको छ । साधुसन्तसँगै सर्वधारण पनि रमाएका छन् । कतिपय भक्तजन समेत साधुसन्तसँगै सुल....

काठमाडौं, फागुन २० : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्र रंगीन बनेको छ । साधुसन्तसँगै सर्वधारण पनि रमाएका छन् । कतिपय भक्तजन समेत साधुसन्तसँगै सुल्पा तानिरहेका छन् ।
पशुपतिनाथ क्षेत्रमा विगतको तुलनामा साधुसन्त पनि धेरै आएका छन् । करिब ६ हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ । यो दिन पूजा–अर्चनासँगै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने र गाँजा, भाङ, धतुरो खाने गरिन्छ ।
प्रकाशित मिति: १३:२५ बजे, सोमबार, फागुन २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











