सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न– यत्रा कर्मचारी केका लागि, नेताहरूको घरदैलो अभियानका लागि हो?
सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृन नपठाउँदा सरसफाई गर्ने कर्मचारीले तलब खान नपाएको बताउँदै उनले ओली सरकारलाई त्यसको पाप लाग्ने बताए।
काठमाडौं, फागुन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का सांसद ज्ञानेन्द्र शाहीले केपी ओली नेतृत्वको सरकारबाट जनतालाई भलो नभएको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गाउँ–गाउँमा सिंह गए पनि दरबार गएको उल्लेख गर्दै ओली सरकारबाट जनतालाई कहिल्यै पनि भलो नभएको बताए।
उनले सरकारले प्रमुख प्रशासकीय अधिकृतहरु नपठाएर देशभरका पालिकाहरूमा ठप्प पारेको बताए। सरकारले काठमाडौंमा महानगरपालिकालाई बन्धक बनाएको बताउँदै यस्तो नगर्न माग गरे।
सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृन नपठाउँदा सरसफाई गर्ने कर्मचारीले तलब खान नपाएको बताउँदै उनले ओली सरकारलाई त्यसको पाप लाग्ने बताए। उनले यहाँका शिक्षक स्वास्थ्यकर्मीले तबल नपाएको उल्लेख गर्दैे जुम्लाको पनि त्यही हालत भएको बताए।
‘काठमाडौं महानगरपालिका लगायत देशका सबै नगरपालिकाहरु, धेरैभन्दा धेरै गाउँपालिकाहरु प्रमुख प्रशासकीय अधिकृतबिहीन छन्। सरकारले प्रमुख प्रशासकीय अधिकृतहरु ठप्प रोकेको राखेको छ। आज देशका सबै शिक्षकहरु, कर्मचारीहरु सबका सब ठप्प छन्,’ उनले भने, ‘काठमाडौं महानगरपालिकालाई बन्धक नबनाइयोस्, ती फोहोर उठाउने मान्छेको पाप लाग्ला यो सरकारलाई। प्रमुख प्रशासकीय अधिकृति छिटोभन्दा छिटो पठाइयोस्।’
सांसद शाहीले नयाँसँग डर लागेको भए आउने स्थानीय तह निर्वाचन नगराउनका सरकारलाई आग्रह गरे।
‘यदि डर लाग्छ नयाँ साथीहरुबाट भने आउने स्थानीय तह निर्वाचन नगुर्नस्। आफ्ना पार्टीका कार्यकर्तालाई ल्याएर सिन्दुर हालेजसरी अविर जात्रा गरेर घोषणा गर्नुस्,’ उनले भने, ‘होइन भने यसरी आज सरकार आडमा कर्मचारीहरुलाई रोकेर देशभरिका स्थानीय तहहरुलाई ठप्प पार्न पाइँदैन।’
उनले वर्तमान सरकारले देशभर हालत बेहाल बनाएको अरोप लगाए। ‘आज देशका सबै प्रमुख प्रशासकीय अधिकृतहरु यहाँबाट रोकेर ठप्प पारिएको छ। यसको घोर भत्र्सना गर्छु। र, सरकारले यदि यस्ता गतिविधि गर्ने हो भने स्थानीय तहको निर्वाचन नगाएर हुन्छ,’ सांसद शाहीले भने, ‘अब आउने स्थानीय तहको चुनाव किन गराउनु? आफ्ना आसेपासे कार्यकर्तालाई टिकालगाएर, अविर जात्रा गरेर घोषणा गरिदिनुस्।’
पालिकाहरूमा प्रशासकीय अधिकृत पठाउन नसक्ने हो भने यत्रा निजामती कर्मचारी केका लागि भन्दै प्रश्न गरे। उनले भने, ‘८३ हजार ५ सय ५८ जना निजामती कर्मचारीहरु के नेताहरुको घरमा चाकरी गर्न र उनीहरूको घरदैलो अभियान गर्नका लागि नियुक्त गरिएको हो?’











