सम्पूर्ण दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूकाे माग
कांग्रेस सांसद रामहरि खतिवाडा र माओवादी सांसद देवेन्द्र पौडेलले देशभरा थुप्रै दुर्घटनाका घाइतेकहरुको उपचारमा सवारीधनीहरूले पनि नगर्न अवस्था आएकाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था गर्न उनले सरकारले माग गरे।
काठमाडाैं, फागुन १३ : देशभरमा हुने सडक दुर्घटनामा सम्पर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको आश्कस्मिक समयमा बोल्ने सांसदहरूले यस्तो माग गरेका हुन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद रामहरि खतिवाडाले देशभरा थुप्रै दुर्घटनाका घाइतेकहरुको उपचारमा सवारीधनीहरूले पनि नगर्न अवस्था आएकाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था गर्न उनले सरकारले माग गरे।
‘सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने, सबै बेहाल भएर अस्पताल पुग्ने, हस्पिटलमा करोडौं बिल उठ्ने गरेको अवस्था छ । त्यहाँ बसधनीले उपचार नगर्ने अवस्थाको अन्त्यका लागि यस्ता दुर्घटनाका सम्पूर्ण विरामीलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था गर्न माग गर्छु,’ सांसद खतिवाडाले भने।
यस्तै, उनले आजै बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना हुँदा घाइतेहरूको पनि निःशुल्क उपचार गर्न सरकारसँग माग गरे।
मंगलबारकै बैठकमा माओवादी सांसद देवेन्द्र पौडेलले पनि दुर्घटनाका सम्पूर्ण दुर्घटनाका घाइतेहरू उपचार निःशुक गर्नुपर्ने बताए।
‘सोमबार साँझ बाग्लुङको बढीगाडमा भएको पिकअप दुर्घटना, आजै काभ्रेमा भएको बस दुर्घटनालगायत देशैभर हुने यस्ता दुर्घटनाका घाइतेहरुको उपचार सरकारले निःशर्त निःशुल्क जहाँ पायकपर्छ त्यो अस्पतालमा गर्न माग गर्छु,’ उनले भने।
यस्तै, अव्यवस्थित सडकमा कन्डिसन नभएका सवारी चलाउने, आभेरलोड लिएर हिँड्ने, हिँडाउने कुरालाई निमयन गर्न सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण सांसद पौडेलले गराए।
उनले देशभर हुने यस्ता दुर्घटनामा राज्यको उद्दार संयन्त्र निकै फितलो देखिएको भन्दै सरकारको आलोचना पनि गरे। आजको २१औं शताब्दिमा रात्रीमा उद्दामार प्रयोग हुने नाइट भिजन हेलिकोप्टर पनि राज्यसँग नहुनु दुःखद भएको बताउँदै उनले यसको व्यवस्था गर्न माग गरे।











