Kathmandu Press

शिक्षमन्त्री अस्पताल भर्ना, क्षयरोगको आशंका

स्वास्थ्य सुधार हुँदै गएपनि उनमा क्षयरोगको आशंका भएका र थप परीक्षण भइरहेको बताइएको छ। 
शिक्षमन्त्री अस्पताल भर्ना, क्षयरोगको आशंका
फाइल तस्बिर।

काठमाडौं, फागुन १३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन्। 

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेकी मन्त्री भट्टराई चिकित्सको सल्लाह बमोजिम अस्पताल भर्ना भएकी हुन्।

उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न रहेको बताइएको छ। मन्त्री भट्टराईको स्वास्थ्यमा सुुधार हुँदै गएको बताइएको छ। 

स्वास्थ्य सुधार हुँदै गएपनि उनमा क्षयरोगको आशंका भएका र थप परीक्षण भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्