Kathmandu Press

काठमाडौंबाट ओखलढंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते 

अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो। 
काठमाडौंबाट ओखलढंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते 

काभ्रे, फागुन १३ : काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुंगा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ। 

रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ। दुर्घटनामा बसमा  सवार चालक र सहचालकसहित २४ जना सवार मध्ये १८ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि  धुलिखेल अस्पतालमा पठाइएको छ। 

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रसनि हरिबहादुर काफ्लेको कमाण्डमा ४ जना  ट्राफिक सहितको  टोली खटिएको काभ्रे प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्