Kathmandu Press

काठमाडौँ महानगरपालिकाद्वारा ७३ जना बालबालिकाको उद्धार

जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ। ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाद्वारा ७३ जना बालबालिकाको उद्धार

काठमाडौं, फागुन १३ : काठमाडौँ महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ। 

जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ। ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ।

उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ। 

पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो। 

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्