Kathmandu Press

बौद्धिक समूहको प्रतिस्पर्धात्मक युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

प्रधान सेनापति अशोकराज सिग्देलले विमोचन गरेको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित २७ वटा उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो ।
बौद्धिक समूहको प्रतिस्पर्धात्मक युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

काठमाडौँ, फागुन १३ : नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ ।

प्रधान सेनापति अशोकराज सिग्देलले विमोचन गरेको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित २७ वटा उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो ।

Hardik ivf

खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका थिए । 

Unity-2--1740447862.jpg
 
कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका हुन् । सेनाले २०७६ सालदेखि नेपालका बौद्धिक समूहहरुबीच प्रतिस्पर्धा गराई उक्त जर्नल प्रकाशन गर्दै आएको छ । 

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्