Kathmandu Press

लोकप्रिय बन्दै नेपालकै पहिलो नवग्रह मन्दिर, हालसम्म ७५ हजार बढीले गरे दर्शन 

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौ दिनमा दिप प्रज्वलन गरिएको हो ।
लोकप्रिय बन्दै नेपालकै पहिलो नवग्रह मन्दिर, हालसम्म ७५ हजार बढीले गरे दर्शन 

काठमाडौं, फागुन १३ : नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन गरिएको छ ।

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौ दिनमा दिप प्रज्वलन गरिएको हो । गत फागुन ६ गतेबाट शुरु भएको  धार्मिक महोत्सव फागुन १४ गते महाशिवरात्रीसम्म चल्नेछ । सवाँ करोड दिप यहाँको नवग्रह मन्दिर, षट्कोण शिवालय र पञ्चकन्या मन्दिरमा एकै चोटी प्रज्वलन गरिएको हो । 

दिप प्रज्वलनमा हजारौको सख्यामा भक्तजनको सहभागिता रहेका थियो । नवग्रह मन्दिरमा गरिएको धार्मिक महोत्सवमा दैनिक हजारौ भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् । मन्दिरमा पुजाको तथा दर्शनको लागि दैनिकजसो भक्तजनको घुईचो लाग्दा लाइन लगाउनु परेको छ । अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौँ दिन सम्म ७५ हजार भन्दा धेरै भक्तजनले पूजाआजा तथा दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । 

देश भित्रबाट मात्र नभई छिमेकी देश भारत, जिल्ला मात्र नभई पुर्वको झापा देखी पश्चिमको कञ्चनपुर सम्मका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको तिवारीको भनाई थियो ।अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहेका छन् भने यहाँ डाक्टर केएन स्वामीले समेत शनिबार धार्मिक प्रवचन दिएका थिए ।

१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । 

नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ । मन्दिरमा आउने हरेक भक्तजनलाई रुद्राक्षको माला लगाउने ब्यवस्था गरिएको छ भने भोकै आउनेलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्