Kathmandu Press

कस्तो रहँला, आजको मौसम ? 

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
कस्तो रहँला, आजको मौसम ? 

काठमाडौं, फागुन १३ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्नेतर्फ पनि महाशाखाले सतर्क गराएको छ।

मौसमविद् विनोद पोखरेलले मंगलबार र बुधबार देशभरिको मौसम सामान्यतया सफा रहने बताएका छन्। उनले बिहीबारबाट अर्को प्रणाली भित्रने पनि बताएका छन्।

प्रकाशित मिति: ०६:२३ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्