Kathmandu Press

‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलायो 

पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माण रोक्नुपर्ने मागसहित  आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले वार्तामा डाकेको छ। 
‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलायो 
फाइल तस्बिर।

काठमाडौं, फागुन १२ : पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माण रोक्नुपर्ने मागसहित  आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले वार्तामा डाकेको छ। 

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा आउन आग्रह गरेका हुन्। 

विज्ञप्तिमा वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएको बताउँदै आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरिएको हो । यसअघि पनि सरकारी पक्षले आन्दोलनरत पक्षलाई वार्ताका लागि बोलाइसकेको छ। 

 

प्रकाशित मिति: १९:२९ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्