Kathmandu Press

सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ: हितराज पाण्डे

 ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गरे।
सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ: हितराज पाण्डे

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याए।  

Hardik ivf

'सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङकनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशङ्का हुन्छ,' सांसद पाण्डेले भने।

 ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गरे।

सो विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अलग अलग जिम्मेवारी भएकाले त्यसलाई अझ स्पष्ट बनाउनुपर्नेमा जोड दिए।

'सशस्त्र प्रहरीले अनुसन्धान गर्ने हैन । नेपाल प्रहरीले अनुसन्धान गर्ने हो । आआफनो क्षेत्राधिकार स्पष्ट गर्नुपर्छ,' सांसद परियारले भने, 'सशस्त्रलाई सीमा सुरक्षाको छुट्टै मापदण्ड बनाएर अधिकार दिन सक्यौँ भने ऐन समृद्ध हुन सक्छ।'

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्