Kathmandu Press

वर्तमान सरकार परिस्थितिको उपज हो: उपप्रधानमन्त्री सिंह

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन्।  
वर्तमान सरकार परिस्थितिको उपज हो: उपप्रधानमन्त्री सिंह

सर्लाही, फागुन १२ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन्।  

आज सर्लाहीको हरिपुरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम सङ्घ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब कांग्रेसले नेतृत्व लिएको  उल्लेख गर्दै यसपटक देशको संकट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताए।

मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल मुस्लिम सङ्घले समयमै अधिवेशन गरेर कांग्रेस सम्वद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उनले प्रशंसा गरे।

संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाल मुस्लिम सङ्घको मधेस प्रदेशस्तरीय प्रथम अधिवेशनको उद्घाटन समारोहलाई कांग्रेसका केन्द्रीय सदस्यहरू अब्दुल सतार, जाबेदा खातुन, नैनसिंह महर, नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति महम्मद अताउल, लगायतले सम्बोधन गर्नुभएको थिए।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्