Kathmandu Press

परराष्ट्रमन्त्री राणा  र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री राणा  र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

जेनेभा, फागुन १२ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

Hardik ivf

भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री राणाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९औं सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरेकी थिइन्।

नेपाल र अजरबैजान नाम र जी ७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरु साझा रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएकी मन्त्री राणाले बताएकी थिइन्।

मन्त्री राणाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरुमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताइन्।

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरिन्।

प्रकाशित मिति: १८:०४ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्