Kathmandu Press

जनकपुरधामस्थित राराब क्याम्पसमा झडप, चार जना घाइते

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दूबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए।
जनकपुरधामस्थित राराब क्याम्पसमा झडप, चार जना घाइते

धनुषा, फागुन १२ : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच झडप भएको छ।

एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएपछि कुटाकुट भएको हो। 

Hardik ivf

एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न गएका बेला उनकै अगाडी कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन्। क्याम्पस प्रमुख कर्ण, रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरुलाई दिने मनसाय बनाएपछि विवाद सुरु भएको थियो।

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दूबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए।

सो घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५५ वर्षिय सुरेन्दप्रसाद यादव, २७ वर्षीय गोविन्द साह, २२ वर्षीय रामपुकार महतो, २४ वर्षिय विकेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

कर्मचारीहरुबीच कुटाकुट भइरहँदा क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर निस्केका थिए। दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आजै बोलाइएको जानकारी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दिएका छन्।

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्