Kathmandu Press

पर्यटनमन्त्री पाण्डे र चिनियाँ जातीय मामिलामन्त्रीबीच भेटवार्ता

‘यहाँहरुको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैंले लिएको छु,’ उनले भने।
पर्यटनमन्त्री पाण्डे र चिनियाँ जातीय मामिलामन्त्रीबीच भेटवार्ता

काठमाडौं, फागुन १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा सो कुरा बताएका हुन्। 

चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोप्रति खुसी व्यक्त गरे।  

Hardik ivf

‘यहाँहरुको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैंले लिएको छु,’ उनले भने।

मन्त्री पाण्डेले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए। 

त्यस्तै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरिरहेको बताए । 
उनले नेपालको भाषा,संस्कृति,कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरुलाई आव्हान समेत गरे। 

त्यसैगरी भेटको अवसरमा चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई  कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए। 

‘चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एक अर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लागिरहेको छ,’ उनले भने। 

नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उनले चीनमा १० करोड बढी बुद्ध धर्म मान्नेरहेको उल्लेख गरे। 
 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्