Kathmandu Press

सांसद पौडेलको प्रश्न– मुलुकलाई लोडसेडिङ मुक्त गराउनु कुलमानको गल्ती थियो?

‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले?,’ उलने प्रश्न गरे।
सांसद पौडेलको प्रश्न– मुलुकलाई लोडसेडिङ मुक्त गराउनु कुलमानको गल्ती थियो?

काठमाडौं, फागुन १२ : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे, भन्दै प्रश्न गरे। 

‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले?,’ उलने प्रश्न गरे।

उनले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न समेत गरे।

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्