Kathmandu Press

‘विद्रोहको केन्द्र बनेको झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा छ’

माओवादी केन्द्रले झापाबाट शुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन अघि अर्को एक कार्यक्रममा दाहालले झापाबाटै खबरदारी अभियान थाल्नुपरेको बताए। 
‘विद्रोहको केन्द्र बनेको झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा छ’

झापा, फागुन १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै हिजो विद्रोहको केन्द्र बनेको झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखिएको भनाई राखेका छन्। 

झापामा सोमबार आयोजित एक कार्यक्रममा उनले यस्तो भनाई राखेका हुन्।

माओवादी केन्द्रले झापाबाट शुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन अघि अर्को एक कार्यक्रममा दाहालले झापाबाटै खबरदारी अभियान थाल्नुपरेको बताए। 

झापाबाट हिजो नेतृत्व लिए पनि आज पुँजीवादी धारतिर गइसकेको र क्रान्तिको धार छोडिसकेको दाबी प्रचण्डको थियो। 

‘झापा प्रतिक्रान्तिको केन्द्र बन्ने बन्ने खतरा देखिएको छ। फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि जनतासँग अपिल गर्न हामीहरू यहाँ आएका हौं,’ अध्यक्ष दाहाले भने। 

कार्यक्रममा उनले वामपन्थी आन्दोलनलाई अघि बढाउने नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज हरि अधिकारी र बेदनिधि निरौलालाई घरमै पुगेर सम्मान गरेका थिए । 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्