पार्टीको नेतृत्व नबदलिई जनताका आवाज र आवश्यकता पूरा गर्न सकिन्नँ : जनार्दन शर्मा
‘नेतृत्वको टिमले रुपान्तणका लागि आफैंले आफैंलाई बदल्नु छ। त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं। जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं,’ नेता शर्माले भने।
झापा, फागुन १२ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसक्ने बताएका छन्।
सोमबार झापको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘नेतृत्वको टिमले रुपान्तणका लागि आफैंले आफैंलाई बदल्नु छ। त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं। जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं,’ नेता शर्माले भने।
उनले पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त? भन्दै प्रश्न पनि गरे। तर, यसका लागि केही सर्तहरू रहेको पनि शर्माले बताए।
‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छ। त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनुपर्छ,’ उनले भने, ‘यसले फेरि त्याग गर्न सक्नुपर्छ।’