Kathmandu Press

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, गाँजा–भाँङ निषेध

पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न-नगराउन सचेत गरिएको छ।
पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, गाँजा–भाँङ निषेध

काठमाडौं, फागुन १२ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो। 

Hardik ivf

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन गरी कार्य प्रारम्भ भइसकेको छ। 

२०८१ साल फाल्गुण १४ गते बुधबारको दिन परेको महाशिवरात्रि पर्वमा लाखौंको सँख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले उप–समितिहरुको गठन गरेको पनि जानकारी गराएको हो। 

पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न-नगराउन सचेत गरिएको छ।

स्थानीय बासिन्दाहरुका लागि स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र (पास)तथा यस कार्यालयबाट जारी परिचय पासलाई आफ्नो घर÷आवास आवत जावतका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। 
 

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्