Kathmandu Press

‘मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराइयोस्’ 

‘मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराइयोस्’ 

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठक बोल्दै उनले सिँचाइ परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरे।

Hardik ivf

‘महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ। अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ, जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ सांसद साउदले भने, ‘परियोजनाका सन्र्दभमा किसानले मुआब्जा कम भयो र बढाई दिनुपर्छ  भनेर सिडियो कार्यालयमा निवेदन दिएर गृह मन्त्रालयबाट पुर्न मूल्यांकन गर्नुपर्ने माग राखिरहेको बेला मुक्त कमैयाले समेत अलपत्र पर्नु गम्भीर घटना हो।’

सांसद साउदले किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिए पनि सुनुवाइ नभएको बताए।

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्