Kathmandu Press

ट्रम्पले दिएको अभिव्यक्तिबारे माओवादीद्वारा सरकारको ध्यानाकर्षण

माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकारको धारणा माग गरेका हुन्। यस बिषयमा सरकार मौन रहन नहुने उनको भनाई छ। 
ट्रम्पले दिएको अभिव्यक्तिबारे माओवादीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, फागुन १२ : संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट धारणा आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घर्तीमगरले सरकारको धारणा माग गरेका हुन्। यस बिषयमा सरकार मौन रहन नहुने उनको भनाई छ। 

‘दुई देशको बीचको समझदारी र सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ,’ उनले भने।

केही दिनअघि मात्रै अमेरिकाले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायतामाथि रोक लगाएको थियो । राष्ट्रपति ट्रम्पले नेपाललाई दिँदै आएको रकमलाई ‘फ्रड’ भनेका थिए। 

यही बिषयमा माओवादी सांसदले मौन बस्न नहुने र सरकारले आफ्नो धारणा राख्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्। उनले अमेरिकी सहयोगका आयोजनाहरू र परियोजनाहरूबारे संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्ने माग पनि गरे। 

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्