Kathmandu Press

प्रहरी कुटेको आरोपमा ६ विद्यार्थी नेताविरुद्ध मुद्दा

अभियोगपत्रमा जोशीसहित विद्यार्थी नेताहरु गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको छ। 
प्रहरी कुटेको आरोपमा ६ विद्यार्थी नेताविरुद्ध मुद्दा

काठमाडौं, फागुन १२ : प्रहरीमाथि आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा कुटपिट मुद्दा दाय भएको छ। 

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरुप सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो। 

अभियोगपत्रमा जोशीसहित विद्यार्थी नेताहरु गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको छ। 

उनीहरुको समूहले गत माघ २४ गतेको राति ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको थियो। कुटपिटबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट घाइते बनेका थिए। 

आरोपपत्रमा उनीहरुको आक्रमणबाट प्रहरीको बर्दी च्यातिएको, हेल्मेटले हिर्काएको, लट्ठी खोसेर फ्याँकिदिएको लगायत आरोप छन्। 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्