Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद कार्की

उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्‍याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन्।
स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद कार्की

काठमाडौं, फागुन १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन्।  

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्‍याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन्।

‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन,’ उनले भने, ‘यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला। हामी सुझाव दिन तयार छौं।’

 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्