Kathmandu Press

लगनखेलमा पोखरी संरक्षणका लागि वडा कार्यालयमै ललितपुर महानगरले चलायो डोजर [तस्बिरहरू]

ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा रहेकाले त्यसको संरक्षणका लािग डोजर चलाइएको मेयर महर्जनले बताए। 
लगनखेलमा पोखरी संरक्षणका लागि वडा कार्यालयमै ललितपुर महानगरले चलायो डोजर [तस्बिरहरू]

काठमाडौं, फागुन १३ : ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ। 

ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन्। 

यसक्रममा नगरप्रहरीले पोखरी संरक्षणका लागि वडा नं ५ को कार्यालयलगायतका भवनमा पनि सोमबार डोजर चलाएको छ। त्यहाँ रहेका अन्य घरहरु पनि भत्काइएको छ। 

Hardik ivf

ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा रहेकाले त्यसको संरक्षणका लािग डोजर चलाइएको मेयर महर्जनले बताए। 

Photo-(12)-(7)-1740386341.jpg
 

उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काएको बताए। 

‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौं। सँगै राजदलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौं, उनले भने, ‘त्यसको पनि संरक्षण भइरहेको छ। यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ। यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन होला। यसलाई सुधार गर्दैछौं। तर पोखरीलाई बटुवाहरुले कति ठूलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौं।’

Photo-(11)-(16)-1740386344.jpg

Photo-(23)-(5)-1740386299.jpg

Photo-(22)-(3)-1740386301.jpg

Photo-(21)-(6)-1740386302.jpg

Photo-(24)-(4)-1740386299.jpg

Photo-(6)-(17)-1740386265.jpg

Photo-(7)-(15)-1740386265.jpg

Photo-(5)-(25)-1740386296.jpg

Photo-(4)-(26)-1740386296.jpg

Photo-(4)-(26)-1740386196.jpg

 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्