Kathmandu Press

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस् : सांसद सिंह

‘सार्वभौम देशको सार्वभौम जनता हौं। कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ,’ उनले भने, ‘दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ।’ 
विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस् : सांसद सिंह

काठमाडौं, फागुन १२ : स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन्।

‘सार्वभौम देशको सार्वभौम जनता हौं। कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ,’ उनले भने, ‘दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ।’ 

उनले नेपाल ग्रे–लिष्टमा पर्नुको कारण पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए। 

उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र केमा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे। 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्