Kathmandu Press

सन्तोषीको मृत्यु प्रकरणमा अर्का प्रहरी निरिक्षक जोशीविरुद्ध किटानी जोहरी

प्रहरी निरिक्षक सन्तोषी महत आइतबार ब्यारेकमै झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन्। 
सन्तोषीको मृत्यु प्रकरणमा अर्का प्रहरी निरिक्षक जोशीविरुद्ध किटानी जोहरी

कास्की, फागुन १२ : कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का प्रहरी निरिक्षक विवेक जोशीविरुद्ध किटानी जोहरी दर्ता भएको छ। 

प्रहरी निरिक्षक सन्तोषी महत आइतबार ब्यारेकमै झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन्। 

Hardik ivf

मृतक महतले कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन्। उनको मृत्यु प्रकरणमा परिवारले प्रहरी निरिक्षक जोशीविरुद्ध किटानी जाहेरी दिएको हो। 

उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन भएको छ। महत २०७८ सालमा असई बनेकी थिइन्। 

प्रहरी निरिक्षक महत तालिम सकेर काममा फर्किन नपाउँदै मृत भेटिएकी हुन्।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्