Kathmandu Press

डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु

हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो।
डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु

मुगु, फागुन १२  : मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ। 

हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी छन्। 

उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाही र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छन्। 

घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ। अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ।

घाइते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 
 

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्