लमजुङमा भूकम्पको धक्का
मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
लमजुङ, फागुन १२ : लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मस्र्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो।
यसअघि पनि मस्र्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन्।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1744698085.png)

-1744698085.png)